Logo

१४ वैशाख,वीरगञ्ज । वीरगञ्जमा मिस नेपालको वीरगञ्ज अडिसन राउण्ड आईतबार हुने भएको छ । नेपाली युवतीहरुको प्रतिभालाई प्रस्फुटित गर्ने मञ्चको रुपमा हरेकबर्ष आयोजना गर्दै आएको मिस नेपाल प्रगियोगिताको छनोट वीरगञ्जमा आईतबार देखि हुने भएको हो ।

आज वीरगन्जको होटल भिस्वामा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक द हिडन ट्रेजररले अडिसन आईतबारदेखि शुरु हुने जानकारी दिएको हो । हरेकबर्ष आयोजना गर्दै आएको मिस नेपाल २०२४ प्रतियोगिताका लागि आवेदन खुला गरिसकेको जानकारी दिदै मधेस प्रदेशको आठ जिल्लामा आईतबार वीरगन्ज हुने जनाएको हो ।

यसबर्ष आयोजना हुने मिस नेपाल २०२४ प्रतियोगिताका लागि आवश्यक शारिरिक बनोट न्यूनतम पाँच फिट ३ इन्च उचाई तथा १८ देखि २७ बर्षका अविवाहित नेपाली युवतीहरुले भाग लिने पाउने आयोजकले जनाएकोछ । प्रतियोगितामा भाग लिन चाहनेहरुले आवदेन दिँदा कुनै शुल्क नलाग्ने पनि जनाएको छ ।

मिस नेपाल प्रतियोगिताका लागि सहभागीहरुको खोजीका लागि बिर्तामोड, इटहरी, वीरगन्ज, चितवन, भैरहवा, नेपागञ्ज, पोखरा, सुर्खेत र काठमाडौं लगायतका शहरहरुमा छनोट प्रतियोगिता हुनेछ । अन्तिम अडिसन मे १८ तारिक अर्थात जेठ ५ गते हुने आयोजक द हिडन ट्रेजरका अध्यक्ष अजयरत्न स्थापितले जानकारी दिनुभयो । वीरगन्ज अडिसनका लागि मधेस प्रदेशका आठवटै जिल्लाका विभिन्न सार्वजनिक स्थानहरुमा आवदेन खुला गरिएको सूचनाहरु जनकारीका लागि राखिएको रिजनल पार्टनर आयुष गुप्ताले बताउनुभयो ।

 


सम्बन्धित समाचार