Logo

१५ वैशाख, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्सामा सम्पन्न सर्वदलीय सर्वपक्षीय बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

पर्सा जिल्लाको शान्ति सुरक्षा र अमनचैन कायम गर्नका लागी शुक्रबार सर्वदलीय सर्वपक्षीय बैठक बसेर विभिन्न निर्णयहरु गरेको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको अध्यक्षतामा बसेको बैठकमा जिल्लाको शान्ति सुरक्षामा खलल पु¥याउने किसिमले धार्मिक, सामाजिक, सांस्कृतिक सद्धभाव विगार्ने र द्वन्द्वलाई उक्साउने प्रकारका गतिविधि, धार्मिक सम्प्रादायिक ¥याली, जुलुस, बन्द हड्ताल लगायतका कुनै पनि गतिविधि नगर्न आग्रह गरिएकोे छ ।

बैठकमा शान्तिपुर्ण क्रियाकलापमा सबै राजतितिक दल, स्थानीय तह, र सामाजिक संघसंस्थाले ऐक्यबद्धता जनाउने प्रतिबद्धता जनाएका छन् । यस्तै बैठकले आगलागीका घटना, खानेपानीको समस्यालाई न्यूनीकरण गर्ने कार्यमा एक जुटभई सबै लाग्नु पर्ने निर्णयहरु गरेको छ ।

सार्वजनिक सम्पति संरक्षणका लागि सरकारले अतिक्रमित जग्गा, अनाधिकृत जग्गाहरु कसैले उपभोग गरिरहेको छ भने त्यसलाई साविककै अवस्थामा फर्काई दोषीलाई कारवाही समेत गर्ने भएकोले उक्त कार्यालाई अझ प्रभावकारी बनाउन सबै राजनीति दल तथा संघसंस्थाहरुले यसमा सहयोग गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताउनुभयो ।

त्यस्तै जिल्लामा सञ्चालित विकास योजना तथा आयोजनाहरु समयमै सम्पन्न गर्न सरोकारवालाहरुलाई ध्यानाकर्षण गराउने र उक्त कार्यमा सामूहिक सहयोगको प्रतिबद्धता समेत बैठकमा जनाईएको प्रमुख जिल्ला अधिकारी भुसालले बताउनुभयो ।

बैठकमा जिल्लाका विभिन्न सरकारी कार्यालयक प्रमुख, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार