Logo

१५ वैशाख,वीरगञ्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश (एनपी) साउदले गठबन्धनको सरकार आन्तरिक अविश्वास र षड्यन्त्रले नै ढल्ने दावी गर्नुभएको छ ।

प्रेस युनियन पर्साले वीरगन्जमाा आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता साउतले अहिलेको गठबन्धन भित्रको आन्तरिक द्वन्द्वले नै सरकार ढल्ने बताउनु भएकोा हो ।
देशको राजनीति अस्थिरतातर्फ धकेलिएको बताउदै उहाँले जनतालाई अहिलेको सरकारले आश्वस्थ पार्न नसक्दा सरकारको भरोसा जनतामा नरहेको जिकिर गर्नुभयो ।

नेपालको राजनीतिमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस निर्णयक र देश र जनताको कार्यभार बोकेको पार्टी भएकोले कांग्रेसलाई राजनीतिको दर किनार गर्न नसक्ने धारणा व्यक्त गर्नुभयो ।
कांग्रेस हतारले कुनै काम नगर्ने बताउदै सत्तागठबन्धन दलभित्रकै अविश्वास र षड्यान्त्रलाई कांग्रेसले हेरिरहेको बताउनुभयो ।

नेपाली कांग्रेस स्वच्छता र पारदर्शितामा विश्वास गर्ने पार्टी भएकोले अहिलेको सरकारका गृहमन्त्रीमाथि लागेको आरोपलाई सरकारी तहबाट नभई संसदीय प्रकृयाबाट छानविन हुनुपर्ने कांग्रेसका अडान रहेको बताउनुभयो ।
गृहमन्त्री लामिछानेले कांग्रेसको विरोधमा दिएको अभिव्यक्तिप्रति इंगित गर्दै पूर्वमन्त्री समेत रहेका नेता साउतल पत्रकार र गृहमन्त्रीको पद र जिम्मेवारी फरक भएकोले मन्त्री भएर जिम्मेवारीमा बसेपछि पत्रकारले जस्तै प्रश्न गर्ने प्रवृत्तिले राजनीति अगाडि नबढ्ने बताउनुभयो ।

संसदीय छानविन नबनाएर सहकारी पीडितहरुको अधिकारलाई गृहमन्त्री लामिछानेले कुण्ठित गरेको तर्क गर्नुभयो । पूर्व परराष्ट्रमन्त्री समेत रहेका नेता साउतले अहिले सरकारले छिमेकी देशहरुसँग अन्तराष्ट्रिय सम्बन्ध बलियो राख्न नसकेको आरोप लगाए ।

अन्तराष्ट्रिय शक्तिराष्ट्रहरुलाई विश्वास दिलाउन नसक्दा मुलुकको शान्ति प्रकृया टुंगोमा पुग्न नसकेको तर्क गरे । पत्रकार भेटघाटमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सांसद अजय चौरसिया, पर्साका सभापति तथा प्रदेश सांसद जनार्दन सिंह क्षेत्री, पूर्वमन्त्री ओमप्रकाश शर्मा, उपसभापति रामनारायण कुर्मी, प्रदेश सांसद श्याम पटेल लगायतको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार