Logo

१५ वैशाख,वीरगञ्ज । मधेश प्रदेशको सर्लाही जिल्लाको ब्रह्मपुरी गाउँपालिकास्थित मकै बारीमा एक युवक मृत भेटिएका छन् । गाउँपालिकाको वडा नम्बर २ का अन्दाजी १८ वर्षीय अरविन यादव मृत भेटिएका हुन् ।

आज बिहान स्थानीयले मकैबारीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको प्रकृति हेर्दा घटना गएरातिको जस्तो देखिएको प्रहरीले जनाइको छ ।
युवकको हत्या भएको वा आत्महत्या के हो भन्ने कुरा खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।

त्यसैगरी सर्लाहीको मलङ्गवामा घरको छतबाट खसेर एक पुरुषको मृत्यु भएको छ । आज बिहानीपख घरको छतबाट खसेर गम्भीर घाइते भएका ४५ वर्षीय सन्तोष राउतको उपचारका क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मलङ्गवा नगरपालिका–१० का राउत मलङ्गवा नगरपालिका–९ स्थित दिनेश राउतको घरमा भाडामा बस्दै आएका थिए । अत्याधिक गर्मीका कारण शीतलका लागि छतमा सुतेका कारण लडेको हुनसक्ने प्रहरीको अनुमान छ ।
उनको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिए ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी बताउँछ ।


सम्बन्धित समाचार