Logo

१५ वैशाख,वीरगञ्ज । हिन्दु परिषद् नेपाल प्रसौनीको बैठक सम्पन्न भएको छ । प्रसौनी गाउँपालिका वडा नम्बर ४ बगैँचास्थित श्री हनुमान मन्दिरको प्राङगणमा बैठक सम्पन्न भएको हो ।

हिन्दु परिषद् नेपालका राष्ट्रिय अध्यक्ष सञ्जय कुमार सर्राफको प्रमुख आतिथ्यतामा बसेको बैठकले संस्थाको उद्देश्य पूरा गर्नका लागि विभिन्न विषयमा छलफल गरेको छ । यस्तै प्रथम प्रसौनी गाउँपालिका अधिवेशनका लागि नयाँ कार्यकारी सदस्य चयन गरिएको छ ।

अरबिन्द कुमार गुप्ताको अध्यक्षतामा ४१ सदस्सीय नयाँ कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्षमा बास्कीत साह कानु, मुनेश्वर ठाकुर (अनिल), सचिव अरबिन्द कुमार गुप्ता, सहसचिव सन्दिप कुमार गुप्ता, कोषाध्यक्ष सरबेश कुमार गुप्ता, सहकोषाध्यक्ष रबि प्रसाद साह रहेका छन् । य

सैगरी सदस्यहरुमा आलोक साह, कमल सहनी, ददन कुमार सर्राफ, राहुल साह, बिरेन्द्र कुमार मण्डल लगायतका रहेका छन् ।

यस्तै वरिष्ठ सल्लाहकारमा शंकर केशरी, आनन्द कुमार गुप्ता, सौरभ कुमार गुप्ता, सल्लाहकारमा लक्ष्मण महतो, नगिना साह, दरोगा प्रसाद र युद्धमान मानन्धर छन् ।

 


सम्बन्धित समाचार