Logo

१६ वैशाख, वीरगञ्ज । मौसम पूर्वानुमान महाशाखाले तराई मधेशको तापक्रम अझै बढ्ने पूर्वानुमान गरेको छ । महाशाखाले विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै महाशाखाले आउँदो विहीबारसम्म गर्मी अझै बढ्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन भनेको हो ।

आजबाट आउँदो विहीबारसम्म तातो हावा चल्ने सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको हो । आगामी ५ दिन तराईको तापक्रम ४० डिग्री सेल्सियसको आसपासमा रहने अनुमान गरिएको बताउनुभयो । यस्तै महाशाखाले तराई मधेमा केहि समय अझै तातो हावा चल्ने भएकाले सावधानी अपनाउन भनेको छ ।

तातो हावाबाट बच्न सकेसम्म बाहिर नजाने, हल्का र सुतीका कपडा लगाउने, पानी र झोलिलो खानेकुरा धेरै खाने र स्वास्थ्य समस्या भएमा स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न डाक्टरले सुझाव दिएका छन् । मधेश प्रदेशका जिल्लामा अत्याधिक गर्मीका कारण घरबाहिर निस्कनै कठिनाइ भएको छ । यसैबिच वीरगञ्जको तापक्रम आज मध्यान्हमा ४० डिग्री मापन भएको छ ।

रानीघाटस्थित क्षेत्रीय कृषि औजार अनुसन्धान केन्द्रमा रहेको अटोमेटिक वेदर स्टेशनका अवजर्भर कामेश्वर राउत कमकरका अनुसार आज बिहान पौने ९ बजे यहाँको न्युनतम तापक्रम २३।५ डिग्री मापन भएको छ । हिजो साँझ पौने ६ अधिकतम तापक्रम ४०।६ डिग्री मापन गरिएको उनले जनाए ।

यो पनि :

मधेश प्रदेशका सर्वसाधारणको जनजीवन अस्तव्यस्त


सम्बन्धित समाचार