१६ वैशाख, वीरगञ्ज । राजेन्द्र प्रसाद श्रेष्ठले जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन् ।
विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा नेपाल सरकारको प्रतिनिधिका रूपमा सहभागी हुन जसपा अध्यक्ष उपेन्द्र यादव शनिबार (हिजो) अमेरिका प्रस्थान गरेका छन् ।
उनको अनुपस्थितिमा नेता श्रेष्ठ कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन् ।
यादव स्वदेश नफर्किनेसम्म श्रेष्ठले नै पार्टी अध्यक्षको जिम्मेवारी सम्हालिने हुनेछ ।
पहिला पनि श्रेष्ठले पार्टी अध्यक्षको अनुपस्थितिमा कार्यवाहकको जिम्मेवारी सम्हालिदै आएका छन् ।