Logo

१६ वैशाख, वीरगञ्ज । आज ’काममा सुरक्षा र स्वास्थ्यका लागि विश्व दिवस’, सचेतनामुलक कार्यक्रमका साथ विश्वभर मनाइँदै छ ।

हरेक वर्ष अप्रिल २८ मा काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस मनाउने गरिन्छ । The impacts of climate change on occupational safety and health भन्ने नाराका साथ आज विश्वभर यो दिवस मनाउन लागिएको हो ।

बिश्व श्रम संगठन आइएलओको आव्हानमा श्रम र सुरक्षा समबन्धी बिश्वभरिका साझेदारहरुको संलग्नतामा काममा सुरक्षा र स्वास्थका बिश्वव्यापी दिवस मनाउने गरिन्छ । वर्ष २०२४ चाँही जलवायू परिवर्तन र त्यसको प्रभावले कार्य वातावरणमा पार्ने प्रतिकुलताका बारेमा बिशेष चर्चा गरिँदैछ ।

सन् २०२२ को जुन महिनामा भएको अन्तर्राष्ट्रिय श्रम सम्मेलन ले आइएलओ को आधारभूत सिद्धान्त र काममा अधिकारहरूको ढाँचामा सुरक्षित र स्वस्थ काम गर्ने वातावरणू समावेश गर्ने निर्णय गरेको थियो ।

विभिन्न सर्वेक्षण अनुसार विश्वमा प्रतिदिन ६३०० श्रमिकको मृत्यु कार्यसम्बन्धी जोखिमले हुने गर्दछ । यस हिसाबमा कार्यमा सुरक्षा र स्वास्थ्यको अवस्थाको कमीले वर्षभरिमा २३ लाख मान्छे मर्दछन्, जुन तथ्याकं भयानक हो ।

स्वास्थ्य र सुरक्षाको सम्झौताका कारण कहिले संक्रामक रोग फैलिने त कहिले कार्यस्थलमा दुर्घटना हुने जस्ता अप्रिय घटनाहरू घट्ने गर्दछन् । सुरक्षित, स्वस्थ र सभ्य कामलाई बढावा दिनको लागीसन् २००३ देखि काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस मनाउन थालिएको हो ।

यस दिवसले कार्यस्थलमा हुने व्यावसायिक दुर्घटना र रोगहरुको रोकथामको लागि सचेनता फैलाउन उल्लेखनिय भुमिका खेल्ने गरेको छ ।

काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस किन मनाइन्छ ?
सामान्यतया दैनिक ८ घण्टा कार्य गर्ने नियम छ जुन २४ घण्टाको एक तिहाइ समय हो ।

१० मा ८ दशमलव ८ अकं ल्याउने गरी विश्वभरिका कामदारको कार्य वातावरणमा सुधार गर्ने सन् २०३० सम्मको सहश्राव्दी लक्ष्य रहेको छ । कामदारहरुले ढुक्क भएर काममा जाने, काम गर्ने अनि फर्कन सक्ने वातावरण होस्, कामदारको स्वास्थ्य र सुरक्षामा कुनै कमी नहोस् भन्ने उद्देश्यका साथ यो दिवस मनाइन्छ ।

सुरक्षित र स्वस्थ कार्यस्थलले कामदारहरूलाई चोटपटक र रोगबाट बचाउने मात्र होइन, यसले चोटपटक र बिमारीको दर कम गर्न, कामदारहरुको अनुपस्थिती र काम नै छाडेर जाने अवस्था हटाउन, उत्पादकत्व र गुणस्तर बढाउन र कर्मचारीको मनोबल बढाउन सक्छ।

अर्को शब्दमा, काममा सुरक्षा ब्यवसायका लागि राम्रो हुन्छ किनभने श्रमीकहरु बिना कुनै पनि ब्यवसायको भिवष्य छैन ।

विश्वव्यापी रुपमा व्यवसायिक दुर्घटना र रोगहरुको रोकथामलाई प्रवर्द्धन गर्न यो दिवस मनाउने गरिन्छ ।


सम्बन्धित समाचार