Logo

१६ वैशाख,इलाम । इलाम– २ मा हिजो भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ ।

इलाम नगरपालिका–२ स्थित गौतम बुद्ध सम्मेलन केन्द्रमा दुई ठाउँमा मतगणना सुरु भएको जिल्ला निर्वाचन अधिकारी देवीचरण फूयाँलले जानकारी दिए । फाकफोकथुम गाउँपालिका वडा नम्बर १ बाट मतगणना सुरु भएको हो ।

यसपछि चुलाचुली, माङ्सेबुङ, माई, देउमाई गाउँपालिका र इलाम नगरपालिकाको गणना गर्ने तयारी छ ।

मत गणनामा इलाम क्षत्र नम्बर २ का मतदाता मात्र उम्मेदवारको प्रतिनिधि बनाइएको छ ।


सम्बन्धित समाचार