Logo

१७ वैशाख, वीरगञ्ज । हरिखेतान बहुमुखी क्याम्पसमा हिजो भएको घटनाको विषयमा आज पत्रकार सम्मेलनको आयोजना गरिदै छ ।

क्याम्पस प्रशासनले आज बिहान ११ बजे पत्रकार सम्मेलनको आयोजना गर्ने तयारी गरेको छ ।

हरिखेतान बहुमुखी क्याम्पसको परीक्षा केन्द्रका शिक्षक र नेशनल ईन्फोटेक कलेजका विद्यार्थीबीच भएको विवादमा विद्यार्थीहरूले तोडफोड गरेका थिए ।

विवाद समाधानका लागि प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जिल्ला प्रशासा कार्यालय पर्सामा बोलाएर तोडफोड गर्नेहरूको अनुसन्धान गरी क्षतिपूर्ति तिराउने र शिक्षकहरूबाट भएको अभद्र व्यवहारको बारेमा पनि छानविन गर्ने निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए ।

जिल्ला प्रशासान कार्यालय पर्सामा पुवै पक्षलाई बोलाएर तोडफोड गर्नेहरूको अनुसन्धान गरी क्षतिपूर्ति तिराउने र शिक्षकहरूबाट भएको अभद्र व्यवहार बारेमा पनि छानविन गर्ने निर्णय गरिएको छ ।

यो पनि पढ्नुहोस् : 

परीक्षा सेन्टरमा अमर्यादित व्यवहार भएको भन्दै वीरगञ्जको हरिखेतान क्याम्पसमा परीक्षार्थीले गरे तोडफोड, एनआईका ३ जना विद्यार्थी घाइते


सम्बन्धित समाचार