Logo

१७ बैशाख, वीरगञ्ज । भारत विहारका बब्लु पासवान नेपालमा हुने ठूल्ठूला घटनाका मुख्य योजनाकार रहेको खुलासा भएको छ ।

भारतीय सीमाबाट गोली हानेर नियन्त्रणमा लिएको पर्सा प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट पासवान नेपालमा भएका ठूला घटनाका मुख्य योजनकार रहेको पाइएको छ ।

नेपाल प्रहरीको ‘मोस्ट वान्टेड’ सूचिमा रहेका पासवानले सुरेश केडिया अपरहण र गोठाटारका लालमहम्मद दर्जी हत्याकाण्ड जस्ता गम्भीर अपराधमा मुख्य योजनाकारको भूमिकामा रहेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

सुरेश केडिया अपहरण काण्डमा सजाय काटेर छुटेका पासवान पुनः राजधानीको गोठाटारस्थित लालमहम्मद हत्याकाण्ड घटनामा संलग्न भएका थिए ।
प्रहरीको प्रारम्भिक बयानमा पासवनले आफू रक्सौलबाट लालमहम्मदको हत्या योजना बनाएको स्वीकारेका छन् ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीसमक्षक उनको प्रारम्भिक बयान छ,‘पासवान लालमहम्मदको हत्याका लागि विहारको रक्सौलमा योजना बनाएको थिएँ, त्यही बमोजिम ‘सुटर’ पनि तयार पारे । ती सुटरहरुलाई हतियार पनि यहीबाट व्यवस्था गर्न लगाए । अनि सबै रणनीति तयार भइसकेपछि उनको हत्या गर्न लगाएको हुँ ।’

लालमहम्मदको हत्या करिब डेढ वष अगाडि भएको थियो । उनको घर अगाडि नै अपरिचित व्यक्तिको समूहले गोली हानी हत्या गरी फरार भएका थिए ।
यसअघि पासवान ५ वर्ष अगाडि भएको सुरेश केडिया अपरहण काण्डमा जेल बसेर छुटेको थिए ।

यसरी श्रृख्लावद्ध नेपालमा हुने अपराधिक गतिविधि प्रत्यक्षरुपमा उनको संलग्नता रहेको प्रहरी अनुसन्धानमा देखिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रहरीका अनुसार पछिल्लो समय अपराधिक गतिवधिसंगै लागु औषध कारोवारमा पनि संलग्न रहेको खुलासा भएको छ ।

प्रहरी स्रोत भन्छ–रक्सौलमा बसेर पासवान नेपालमा प्रतिबन्धित लागु औषध तथा ब्राउन सुगर सप्लाइ गरिरहेका थिए, त्यही तथ्य अनुसार पछ्याउँदा लागु औषध तथा हतियारसहित उनी पक्राउ परेका हुन् ।

पासवानको साथबाट पर्सा प्रहरीले मेड इन यूएस लेखिएको स्वचालित पेस्तोल एक थान र त्यसमा प्रयोग हुने गोली २ थान तथा ४९ ब्राउन सुगरसमेत बरामद गरेको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले जनाए ।

उनका अनुसार पासवानलाई गएराती बीरगन्जको भुटनदेबीबाट गोली चलाएर नियन्त्रणमा लिइएको हो । प्रहरी हिरासतमा रहेका पासवानको बायाँ खुट्टामा गोली लागेको छ ।

नारायणी अस्पतालको उपचारपछि उनलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार