१७ बैशाख, वीरगञ्ज । पर्साको थरुहट क्षेत्रका किसानहरुले एउटै जग्गामा बार्षिक तीन बाली उत्पादन गर्ने गरेका छन् । बजियान क्षेत्रका किसानहरुले भने बार्षिक दुई बाली मात्र लगाउने गरेको जनाएका छन् ।
जिल्लाको उत्तरी क्षेत्रमा रहेका ठोरी, जीराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी गाँउपालिका, पर्सागढी नगरपालिकाका केही वडा र वीरगंज महानगरपालिकाका केही वडाका किसानहरुले एउटै जमिनबाट वार्षिक तीन बालीको खेती गरी बिभिन्न बालीको उत्पादन गर्दै आएको हुन् ।
यस क्षेत्रका किसानहरुले दुई बाली धान र एक बाली गँहु वा दुई बाली धान र एक बाली तोरी उत्पादन गर्ने गरेका छन् । चैते धान बाली अन्तर्गत हर्दिनाथ–२ (१४४२) जातीका धान रोपेर असार मसान्तको पहिलो सातामा भित्र्याउने गरेका छन् ।
सोही जग्गामा पुनः अगहनी धानबाली रोपेर कार्तिकमा दोस्रो धानबाली भित्र्याउने गरेका छन् । त्यसपछि गँहु, सुर्ती वा तोरी, मकै, राज्मा, बदाम लगायतका बाली रोपेर राम्रो आम्दानी गरिरहेको किसानले बताएका छन् ।
पटेर्वासुगौली गाउँपालिका वडा १ का वडाध्यक्ष फरमान मियाँले वडा नं १ र २ का खेतीयोग्य जमिन मध्ये ८० प्रतिशत क्षेत्रफलमा चैते धान लगाउने गरिएको जनाए । उनका अनुसार यो जग्गाहरुमा बार्षिक तीन बाली उत्पादन गरिन्छ । तर समयसमयमा रासायनिक मल तथा उन्नत जातको बिउ अभावका कारण किसानहरुले समस्या झेल्नु परेको उनले बताए ।
यता ठोरी गाउँपालिका वडा ५ गडुवालाइनका किसान देवी प्रसाद दाहालले सुवर्णपुर क्षेत्रमा पनि ८० प्रतिशत भन्दा बढि क्षेत्रफलमा तीन बाली उत्पादन गर्ने गरेको बताए । दुई बाली धान र एकबाली तोरी वा सुर्ती उत्पादन हुने गरेकÞो किसान दाहालले बताए । थारुहट क्षेत्रमा करिब ३० प्रतिशत जग्गामा तीन बाली उत्पादन हुने गरेको आंकलन गरिएको छ ।
थरुहट क्षेत्रमा सिचाँईको सुविधा भएका कारण तीन बाली उत्पादन गर्न किसान सफल छन् । यस क्षेत्रमा कुलो, बाँध तथा खोलाबाट सिचाई गर्ने व्यवस्थाका साथै भूमिगत सिचाँईको साधनहरुको सहायताले सिचाँई गर्न सकिने किसानहरुले बताएका छन् ।
यस क्षेत्रमा हरेक चार बिघा जमिन वा हरेक चार कित्ता जमिनका सिचाँईका लागि बोरिंग जडान गरिएको छन् । जसमा किसानहरुले दमकलको प्रयोग गरी सिचाँई गर्छन् ।यो पोस्ट हाम्रो साझेदार Wigs https://www.fakewatch.is/ उत्कृष्ट प्रतिकृति घडीहरू द्वारा प्रायोजित गरिएको हो
कृषि ज्ञान केन्द्र पर्साका साथै स्थानीय पालिकाहरुले पनि बोरिंग तथा कृषि वाटर पम्म अनुदानमा उपलब्ध गराई रहन्छन् । यस्तै नेपाल बिद्युत प्राधिकरणले सिचाँईका लागि कृषि मिटर उपलब्ध गराउदा किसानहरुले कम खर्चमा सिचाँई गर्ने सुबिधा पाएका छन् । यसका साथै कतिपय किसानहरुलाई विभिन्न सरकारी योजना अनुरुप सोलर प्यानल, वाटर पम्प जडान गरी सिचाँई सुबिधा उपलब्ध गराईएको छ । जसले गर्दा किसान बिना खर्च सिचाँई गर्न पाएका हुन् ।
उता बजियान क्षेत्रका किसानले एक बाली धान र एकबाली गँहु गरी दुई बाली मात्र उत्पादन गर्ने गरेका छन् । यस क्षेत्रमा सिचाँईका लागि गण्डक नहर भए पनि सधै पानी उपलब्ध नहुने वा किसानले चाहेको बेला नहरमा पानी नआउदा तेस्रो बाली नलगाएको किसानहरुले भनाइ छ ।
भूमिगत सिचाँईका लागि बोरिंग निकै न्यून भएकाले सो को प्रयोगबाट सिचाँई सम्भव नरहेको देखिन्छ । यस क्षेत्रमा अगहनी धान चार महिनामा र गँहु पाच महिना गरी ९ महिना जमिनको सदुपयोग हुन्छ भने तीन महिना खेत खाली हुन्छ ।