Logo

१७ बैशाख, पर्सा । पर्साको पर्सागढि नगरपालिकामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको वडा नम्बर ८ हरपुरमा कार्यक्रम सम्पन्न भएको हो ।

सन्त निरकारी मन्डल नेपाल प्रसौनी भाटा शाखा तथा साध संगत हरपुरको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ६ जना महिला सहित ३० जनाले रक्तदान गरेका छन् ।

पर्सागढि नगरपालिका वडा न ८ कार्यलय र सृजनात्मक समाज फाउन्डेसन नेपाल पर्साको सहयोगमा भएको कार्यक्रममा ब्रम्हानन्द राम नेपाली, प्रलाद यादब, बच्चा साह, नवराज राम, रेखा देबि, मन्जु देबि, मानवती देबि, प्रबिता देवी, सृजना यादब, मनोज हजरा, गोबिन्द साह लगायतले रक्तदान गरेका संत निरकारी मन्डल नेपालका मुखि मनिलाल प्रसाद साहले बताए ।

रक्तसंचार केन्द्र वीरगंजका प्राबिधिक मनिस कुमार साह, अजय साह, आकाश गुप्ता, बिनय कुमार लगायतको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार