Logo

१८ वैशाख,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ त्रिशुल चोक निवासी ८५ वर्षीय वृद्धालाई ह्विल चेयर प्रदान गरिएको छ । उपकार सेवा नेपाल नामक सस्ंथाले उनलाई एक थान ह्विल चेयर प्रदान गरेको हो ।

क्विन ज्वेलर्स प्रालीले उपलब्ध गराएको उक्त ह्विल चेयर शारीरिक रुपले अशक्त वृद्धालाई प्रदान गरेको सामाजिक अभियान्ता प्रकाश थारुले जनाए । वृद्धाको घरको प्राङगणमा एक कार्यक्रमको आयोजना गरी उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगीले उनलाई ह्विल चेयर वितरण गरिन् ।

कार्यक्रममा सस्ंथाका सदस्य सुमन बगेडिया, समाजसेवी जसपाल सिंह लगायतको उपस्थिती रहेको थियो ।


सम्बन्धित समाचार