Logo

१८ वैशाख,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकास्थित नबिल बैंकमा चोरी भएको छ । नबिल बैंकको वीरगञ्ज स्थित बासपासमा रहेको शाखाबाट १ करोड ३४ लाख रुपियाँ चोरी भएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान अन्दाजी ४ बजेको समयमा उक्त शाखाबाट रकम चोरी भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक कुमार बिक्रम थापाले बताए । चोरहरुले कटरले ताल्चा काटेर भल्ट फुटालेर चोरी गरेको थापाले भने ।

बैंकमा चोरी गरेपछि चोरहरुले नयाँ चावी लगाएर भागेका थिए । बिहान ९ बजे सुरक्षागार्ड अफिस खोल्न जाँदा गेटमा नयाँ चावी लगाएको देखेपछि बैंकका कर्मचारीले प्रहरीलाई खवर गरेको प्रहरी नायव उपरिक्षक थापाले जानकारी दिए ।

प्रहरी सूचना पाउँने वित्तिकै  सोमबार विहान ९ बजे घटनास्थल पुगेको थियो । प्रहरीको रोहवरमा नयाँ चावी खोलेर भित्र हेर्दा भल्ट तोडफोड गरी रकम झिकेको र केही पैसा र कागजपत्र छरिएको अवस्थामा देखिएको प्रहरी नायव उपरिक्षक थापाको भनाई छ ।

नबिल बैंकको केन्द्रय कार्यालयबाट आएको टोलीले हिजो देखिनै एकिन कति रकम चोरी भएको हो भन्ने कुरा पत्ता लगाउन एकदिन समय लागेकोले आज मात्र जाहेरी पर्न आएको प्रहरीको भनाई छ । बैंकमा सिसिक्यामरा फुटेज प्रहरीले लिएर अनुसन्धान गरिरहेको छ । घटना भएको समयमा बैंकमा कार्यरत गार्डसमेत उपस्थित नरहेको उनले बताए ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता थापाले जानकारी दिए ।


सम्बन्धित समाचार