Logo

१८ वैशाख,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ मा पर्ने एक विद्यालयमा शिक्षकहरु सधैं ढिलो गरी पुग्ने गरेका विद्यार्थीको गुनासो छ । वडा नम्बर ३१ कोनिया मा पर्ने श्री लक्ष्मी देवी बाबुलाल हंसवाहिनी मध्यमिक विद्यालयमा शिक्षकहरु समयमा नआउने गरेको विद्यार्थीहरुले गुनासो गरेका छन् ।

शिक्षकहरु समयमा नआइदिदाँ पठनपाठनमा समस्या हुने भएको उनीहरुको भनाइ छ ।

विद्यालयका प्रधानाध्यापक दिनेश चौरसियाका अनुसार अहिले विद्यालयमा भर्ना अभियान चलिरहेको छ । त्यसैकारण शिक्षकहरुलाई बढीमा आधा घण्टा ढिला हुने गरेको बताए । सोमबार विहान गाउँका केही युवाहरुले ढिला पुगेका केही शिक्षकहरुलाई विद्यालयकै मुख्य ढोकामा रोकेर सोधपुछ गरेका थिए ।

अहिले त्यो भिडियो सामाजिक संजालको व्यक्तिगत प्रोफाईलबाट भाईरल बनाई राखिएको छ । प्रधानाध्यापकका अनुसार युवाहरुले जस कमाउनका निम्ति उक्त भिडियो बनाएको हुनसक्छ । विद्यालय सुधारका लागी अभिभावक भेला गर्न लाग्दा कोही आउने कोही नआउने र आएकाहरु पनि आफ्नै गाउँका आपसी विवाद सल्टिनमा लाग्ने गरेका प्रधानाध्यापक चौरसियाले बताए ।

विद्यालयमा शिक्षक अभाव रहेको छ । माविमा एउटा पनि विषयगत शिक्षक नरहेको भन्दै विद्यालयको सुधारका लागी पहल गर्नभन्दा पनि गाउँलेहरुले नै बाधा पु¥याईरहेको उनको भनाई छ ।


सम्बन्धित समाचार