Logo

१८ वैशाख,वीरगञ्ज । बाराबाट प्रहरीले भारी परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजासहित दुइजनालाई पक्राउ गरेको छ । निजगढ नगरपालिका वडा नम्बर १० लालपार्कबाट प्रहरीले २ सय १६ किलोग्राम लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बारामा पत्रकार सममेलन आयोजना गर्दै प्रहरीले गाँजासहित पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको हो । इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको संयुक्त प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

रतनपुरदेखि निजगढतर्फ जाँदै गरेको ना ५ ख ७५५२ नम्बरको ट्रकलाई रोकेर प्रहरीले जाँच गरेको थियो । सोही क्रममा ट्रकभित्र लुकाइछिपाई राखिएको अवस्थामा गाँजा बरामद भएको प्रहरी नायब उपरिक्षक डिएसपी दधिराम न्यौपानेले जनाए ।

पक्राउ पर्नेहरुमा ट्रक चालक मकवानपुर हाँडीखोला–६ परिवर्तित मनहरी गाउँपालिका वडा नम्बर ३ घर भइ हाल बाराको जितपुरसिमरा–२ बस्ने ३२ वर्षका आकाश भन्ने दिपक कोइराला र ट्रकमा सवार मकवानपुर हेटौँडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने ३० वर्षका जिबन घलान रहेका छन् ।

डिएसपी थापाका अनुसार प्रहरीले ट्रकलाईसमेत नियन्त्रणमा लिएको छ । पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनायो ।


सम्बन्धित समाचार