Logo

१८ वैशाख,काठमाडौं । बन्धक बनाइएको अवस्थामा प्रहरीले सप्तरीका एकजना युवकको उद्दार गरेको छ । कतारबाट फर्केर अपहरण गरी बन्धक बनाएको अवस्थामा प्रहरीले एक जना युवकको उद्दार गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिनामंगलबाट सप्तरीका सिकेन्द्र यादवलाई उद्दार गरेको हो । यादवलाई अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउसमेत गरेको छ ।

पक्राउ पर्नेहरुमा अजिम अली र एमडी सहनी रहेका प्रहरीले जनायो । उनीहरुले सिकेन्द्रलाई ४ लाख ८० हजार रुपैयाँ माग गर्दै एउटा कोठामा बाँधेर राखेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जनाए ।


सम्बन्धित समाचार