Logo

१८ वैशाख,वीरगञ्ज । यहि बैशाख ११ गते पर्सामा मृत भेटिएका एक जना पुरुषको हुलिया परिपत्रका लागि पर्सा प्रहरीले अनुरोध गरेको छ । वीरगञ्ज–१४ चिनीमिल पिपरा जनस्वास्थ्य कार्यालयस्थित सार्वजनिक नालामा भेटिएका मृत पुरुषको हुलिया परिपत्रका लागि प्रहरीले अनुरोध गरेको हो ।

उक्त मृतक पुरुषको शवको हालसम्म सनाखत नभएकाले हुलिया परिपत्र गरी सहयोग उपलब्ध गराइदिन जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी निरिक्षक एवम् प्रहरी अधिकृत मनिषा लौडारीले जानकारी दिइन् ।
यस्तै मृतकका परिवारका सदस्यहरु, आफन्त वा चिन्नेले पर्सा प्रहरीलाई सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

खैरो रंगको भेष्ट र निलो ट्याक लगाएका अन्दाजी ४५÷५० वर्षका मृतक पुरुषको हुलिया परिपत्रका लागि प्रहरीले अनुरोध गरेको छ । प्रहरीका अनुसार मृतक पुरुष साउलो वर्णका छन् । भने उनको उचाइ ५ फिट २ इन्चको छ ।


सम्बन्धित समाचार