Logo

१९ वैशाख, वीरगन्ज । बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ बसवरियामा गएराति एक कच्ची घरमा आगलागी भएको छ । स्थनिय जगरनाथ महरा चमारको घरमा आगो लाग्दा समान सहित घर समेत जलेर नष्ट भएको छ ।

खना पकाएपछि चुल्होमा आगोको केही अंस न निभिएको कारण सल्गियेर आगलागी भएको बुझिएको छ ।

आगलागीबाट कच्ची घरमा रहेको धान, गँहु, चामल लगायतका खद्यान, लत्ताकपडा, दमकल, पानीतान्ने मोटर, साईकल लगायतका सामाग्री जलेर करिब २० लाख रुपैया बराबरको क्षती भएको छ । पक्की घर बनाउन विदेशबाट कमाएर ल्याइएका रकम पनि उक्त आगोमा जलेर नष्ट भएको दुखेसो जगरनाथले सुनाए ।

आगो निभाउन खोज्दा २ जना घाईते भएका छन् । जगरनाथका बुहारी बहिता महरा र छोरी घाईते भएकी छन् । उनीहरुको उपचार स्थानिय सिम्रौनगढ नगर अस्पतालमा भईरहेको छ ।

जगरनाथको घरसँगै टँसेको मोहन साह तेलीको घरमा समेत आंशिक क्षति पुगेको छ । सिम्रौनगढ नगरपालिकाबाट गएको वारुण यन्त्र, शसस्त्र प्रहरी, जनपद प्रहरी र स्थानियको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट जगरनाथको २० जना सदस्य रहेको परिवार घरविहिन भएको छ ।

आगलागीको खबर पाउन साथ सिम्रौनगढ नगरपालिकाका उप–मेयर नजमु शेहर, वडा नम्बर ९ वडा अध्यक्ष रामएकवाल प्रसाद यादव, वडा नम्बर ४ को वडा अध्यक्ष अवधेश सहनी, समाज सेवी शेख मोतिनले घटनस्थल पुगेर पिडित परिवारलाई धैर्य धारण गर्न अनुरोध गर्दै राहत सहयोग गरेका छन् ।

पिडित जगरनाथलाई राहत स्वरुप त्रिपाल, ओछयान, झुल, चामल, दाल, आलु, तेल, बिस्कुट, चाउचाउ, भाँडा लगायत सामाग्री प्रदान गरिएको छ ।


सम्बन्धित समाचार