Logo

१९ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले एक सूचना जारी गर्दै विद्यालय विहानको समयमा संचालन गर्न अपिल गरेको छ । महानगर अन्तरर्गत रहेका सबै सामुदायीक तथा निजी विद्यालयहरुलाई विहानी कक्षा संचालन गर्न अनुरोध गरेको हो ।

नगर शिक्षा समितिको निर्णय अनुसार भाृेलिबाट बिहान ६ बजे दखि कक्षा संचालन गर्न सबै विद्यालयलाई अनुरोध गरेको छ । अत्याधिक गर्मी भएर दिउँसोको समयमा तातो हावा चलेको करण पठनपाठमा असहज हुनेहुनाले विहानी कक्षा संचालन गर्न सूचना जारी गरिएको महानगर शिक्षा शाखा प्रमुख अरविन्द लाल कर्णले बताएका छन् ।

गर्मीका कारण बालबालिकामा पर्नसक्ने स्वास्थ्यको नकरात्मक प्रभाव वाकवाकी हुने, रिङ्गटा लाग्ने, टाउको दुख्ने जस्ता समस्या आउन सक्ने कुरालाई दृष्टिगत गर्दै यस्तो निर्णय गरिएको हो ।

वीरगञ्जमा अहिले दिउँसोको समयमा ४३ डिग्री सेल्सियस सम्म तापक्रम पुग्ने गरेको हुँदा सतर्कता अपनाउन नगरवासीलाई आग्रह गरिएको छ । दिउँसोको समयमा तातो हावा चल्नाले लू शुरु भएको अनुभव गरिरहँदा पनि अहिले सम्म मौसम विभागले यसको पुष्टि भने गरेको छैन ।

गर्मीबाट जोगिन पानी तथा झोलिलो पदार्थ प्रशस्त मात्रामा पिउन, छाता र पानी लिएरमात्र घरबाहिर निस्किन उहाँको सुझाव छ ।

यसैबीच गएको वर्ष जसरी नै यस वर्ष पनि वीरगन्जमा खानेपानीको समस्या सुरु भएको छ ।

वीरगञ्जका केही स्थानहरुमा खानेपानीको मुहान सुक्दै जाँदा यस्तो समस्या देखिएको हो । गएको वर्ष पनि खडेरीको समयमा वीरगन्जमा पानीको समस्या देखिएको थियो । यस वर्ष उक्त समस्याले विकराल रुप लिने सक्ने अनुमान गरिएको छ ।

                                           वीरगञ्ज महानगरको सूचना :


सम्बन्धित समाचार