Logo

१९ वैशाख,वीरगञ्ज । पुर्पक्षकका अभियुक्तलाई छुटाइदिन्छु भन्दै रकम असुल्ने एकजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नमबर २३ बैराठपुर बस्ने २५ वर्षका सहदेव पटेल रहेका प्रहरीले जनाएको छ ।

अपहरण शरिर बन्धक तथा जबरजस्ती करणी मुद्दाको पुर्पक्षका लागि कारागार कार्यालय पर्सामा रहेका २ जना अभियुक्तलाई छुटाइदिने बहानामा रकम लिएको आरोप उनीमाथि छ ।

दुवै अभियुक्तका आफन्तजनहरुसँग १७ लाख रुपैँया लिएको जाहेरीको आधारमा पटेललाई पक्राउ गरेको बाराका सूचना अधिकारी दधिराम न्यौपानेले पुष्टि गरे ।

पक्राउ परेकामाथि ठगी मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको उनले बताए ।

प्रहरीको अनुरोध

जिल्ला प्रहरी कार्यालय बाराले यस्ता मानिसहरुबाट ठगीनबाट जोगिन अनुरोध गरेको छ । साथै कहि कतै कोही ठगीमा परेको भए बारा प्रहरीमा सम्पर्क गरी जाहेरी दिन आग्रह गरेको छ ।


सम्बन्धित समाचार