Logo

१९ वैशाख,वीरगञ्ज । क्वाइनोनिया वीरगञ्ज चर्चको आयोजनामा भएको रक्तदानमा १ सय १० पोका रगत संकलन भएको छ । मिथिलानगर वडा नम्बर १६ स्थित आयोजित कार्यक्रममा १ सय १० रक्तदान गरेका हुन् ।

कार्यक्रममा २८ जना महिलासहित १ सय १० जनाले रक्तदान गरेका रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जनाए । रक्तदान गर्नेहरुमा कौशिला बिक,एलिना सुनार, राजेश पण्डित, सम्झना घिमिरे, आकाश महतो, सबिना ढकाल, रुपेश साह लगायतका रहेका छन् ।

बढ्दो गर्मीसँगै रक्तसञ्चार केन्द्रमा भएको रगत अभावलाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको चर्चका पास्टर राजकुमार घिमिरेले जानकारी दिए । पास्टर घिमिरेको अध्यक्षतामा चर्चको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

रक्तदान गर्न आग्रह
रक्तसञ्चार केन्द्र वीरगञ्जमा रगतको अभाव सुरु भएपछि रगतदान गर्न अपिल गरेको छ । बढ्दो गर्मीमा अस्पतालहरुमा बिरामीको चाप बढेको र रक्तदानमा कमी आएपछि केन्द्रमा रगतको अभाव सुरु भएको छ । रक्तसञ्चार केन्द्रमा रगत अभाव भएपछि विभिन्न व्यक्ति र संघसंस्थाहरुलाई रक्तदानको आयोजना गर्न रक्तसञ्चार केन्द्र वीरगन्जले अनुरोध गरेको हो ।

रक्तदानको कार्यक्रम नियमित भइरहेको भएपनि रक्तदान गर्नेहरुको संख्यामा कमी आउँदा रगतको अभाव हुन थालेको रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख शौरभराज पाण्डेले जनाए । उनका अनुसार रक्तसञ्चार केन्द्रमा दिनमा १७ देखि ९० युनिटसम्म रगतको माग हुने गरेको छ । सोही माग अनुसार रगतको आपूर्ति गर्न समस्या हुन थालेको रक्तसञ्चार केन्द्रले जनायो ।


सम्बन्धित समाचार