Logo

२० वैशाख,वीरगञ्ज । सर्लाहीको ईश्वरपुर नगरपालिकामा सर्पको डसाइबाट एक बालकको ज्यान गएको छ । नगरपालिकाको वडा नम्बर ८ इश्वरपुर टोलमा सर्पको डसाइबाट एक बालकको ज्यान गएको हो ।

सर्पको डसाइबाट स्थानीय रामप्रकाश छोरा १४ वर्षका बिक्रोस चौधरीको मृत्यु भएको हो । घरमा सुतेका बालकलाई बुधबार बिहान ओछ्यानमै करेत सर्पले डसेको परिवारजनले बताएका छन् । सर्पको डसाइबाट गम्भिर भएका बालकलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र नवलपुर पु¥याइयो ।

त्यहाँ उपचार सम्भव नभएपछि उनलाई जनकपुरतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । गर्मी बढेसँगै तराइ मधेशमा सर्पको बिगबिगी सुरु भएको छ ।


सम्बन्धित समाचार