Logo

२० वैशाख,वीरगञ्ज । बाराबाट प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा सजाय पाई फरार रहेका दुईजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।

बारा जिल्ला अदालत कलैयाबाट कैद तथा जरिवाना सजाय पाई लुकिछिपी बस्दै गरेको अवस्थाबाट उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब उपरिक्षक प्रवक्ता दधिराम न्यौपानेले जनाए ।

प्रहरीले परवानीपुर गाउँपालिका–५ बहुअरी बस्ने ४० बस्ने रामएकवाल साह र सिम्रौनगढ नगरपालिका वडा नम्बर–९ बस्ने ६० बस्ने असर्फी महतोलाई पक्राउ गरेको उनले बताए ।

पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धानका लागि बारा जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनायो ।


सम्बन्धित समाचार