Logo

२० वैशाख,पर्सागढि । युवालय सस्थां ललितपुरको आयोजना र पर्साको पर्सागढि नगरपालिकाको समन्वयमा एकदिने अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । पर्सागढि नगरपालिका कार्यालयको सभाहलमा घरेलु तथा स्याहार कार्य सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

युवालय सस्थांका अध्यक्ष धर्मराज रिमालको अध्यक्षतामा भएको कार्यक्रममा सहजकर्ता यदुसुदन कुवर र प्रदिप राणाले सहभागीहरुलाई प्रशिक्षण दिए । प्रशिक्षणमा घर परिवर्तन भए मात्र समाज परिवर्तन गर्न सकिने र सोका लागि हरेक काममा पुरुष र महिलाबीच समानता हुनुपर्नेमा जोड दिइएको छ ।

महिलाहरुलाई घरायसी काममा मात्र नलगाई समाज परिवर्तनका कामहरुमा अघि बढाउनुपर्ने र महिलाले गर्ने हरेक घरायसी काममा पुरुषहरुले सहयोग गरे पुराना सोचमा परिवर्तन ल्याउन सकिनेमा वक्ताहरुले जोड दिए ।
अन्तरक्रिया कार्यक्रममा पर्सागढि नगरपालिका स्वास्थ्य तथा समाजिक बिकास शाखा प्रमुख नारायण पौडेल, शिक्षा शाखा प्रमुख देव गिरी, नगरयोजना शाखा प्रमुख प्रदिप चौरसिया, महिला तथा बालबालिका शाखा कर्मचारी शोभा मल्लिक, चेत कुमारी तिमल्सिना, विभिन्न महिला समुह, बाल क्लब, महिला व्यापारी लगायतहरुको सहभागिता रहेको युवालय सस्थां पर्सागढिका सामाजिक परिचालक राहुल कुमार साहले बताए ।


सम्बन्धित समाचार