Logo

२० वैशाख,वीरगञ्ज । नेकपा एमाले पर्सा जिल्लाको नवौँ अधिवेशनबाट विश्वम्भर शर्मा अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् ।अध्यक्ष पदमा परेको अन्य दुई जनाको उम्मेदवारी फिर्ता भएपछि शर्मा निर्विरोध निर्वाचित भएका हुन् ।

अध्यक्ष पदमा शर्मासहित कुनाल महतो थारु र हनिफ मिँयासमेतले उम्मेदवारी दिएका थिए । अन्तिममा थारु र मियाँले मनोनयन पत्र फिर्ता लिएपछि शर्मा अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिको कार्यालयले जनाएको छ ।
अन्य पदहरुका लागि भने शुक्रबार (भोली) निर्वाचन हुने कार्यतालिका निर्वाचन समितिले सार्वजनिक गरेको छ । निर्वाचन समितिका अनुसार सहमति हुन नसकेको पदमा भोली निर्वाचन हुनेछ । अध्यक्ष पदबाहेक अधिकंश पदमा निर्वाचन ह्ुने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार उपाध्यक्ष पदमा लालबाबु शेख मनोज कुमार गुप्ताबीच प्रतिस्पर्धा भइरहेको छ भने सचिवमा नवराज शर्मा र महेश दासको उम्मेदवारी परेको छ । यसैगरी उपसचिवमा रामकिशोर सिंह, इमरान हुसेन र नविजान मियाँको उम्मेलदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ ।

त्यसैगरी लेखा समिति अध्यक्षमा पनि निर्वाचन हुने भएको छ । आपसी सहमति नजुटेपछि परेको उम्मेदवारहरु चुनावमा गएका छन् । लेखा समितिको अध्यक्ष पदमा सन्तोष सिंह र शिवजी गुप्ताबीच प्रतिस्पर्धा भइरहेको निर्वाचन समिति बताउँछ ।

लेखा समितिको उपाध्यक्ष पदमा गोविन्द प्रताप श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचन समितिले प्रकासन गरेको सूचनामा केही पदमा सदस्यहरु पनि निर्विरोध निर्वाचित भएका छन भने बाँकी पदमा सदस्यहरुको भोली निर्वाचन हुने जानकारी दिएको हो ।


सम्बन्धित समाचार