Logo

२१ वैशाख,वीरगञ्ज । नेकपा एमाले पर्सा जिल्लाको निर्वाचनमा कार्यकर्ताहरुबीच कुटाकुट भएको छ । जबरजस्ती निर्वाचन गराउन खोज्दा कार्यकर्ताहरुबीच कुटाकुट भएको हो ।
आपसी विवादका कारण विहानदेखि स्थगित निर्वाचन जबरजस्ती गराउन खोज्दा एमाले पर्साका कार्यकर्ताहरुबीच कुटाकुट भएको बताइएको हो ।

केहीपदाधिकारी तथा सदस्यहरुको चयनका लागि जबरजस्ती मतदान गराउन खोजेपछि कार्यकर्ताहरुबीच कुटाकुट भएको जिल्ला सचिवका उम्मेदव नवराज शर्माले जानकारी दिएका छन् ।माग सम्बोधन नगरी विवादका कारण बीरगन्ज महानगरपालिका वडा नम्बर २० का वडाअध्यक्ष एवम जिल्ला उपसचिवका उम्मेदवार रामकिसोर सिंह( पराग) घाइते भएका छन् ।

संस्थापन पक्षका मनोज गुप्तासहितको टोलीले इतरसंस्थापन पक्षमाथि हमला गर्न थालेपछि वडाअध्यक्ष सिंह घाइते भएको उनको आरोप छ । उनका अनुसार घाइते सिंहको नाकमा चोटपकट लागेको, जसकारण नाक फुटेको छ । घाइते सिंहको बीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ ।


सम्बन्धित समाचार