Logo

२२ वैशाख,वीरगञ्ज । उपकार सेवा नेपालको सहयोगमा बाराको फेटा गाउँपालिका वडा नम्बर १ चिलझपटीका आगलागी पीडितका लागि राहत वितरण गरेको छ । वीरगन्ज कपडा बैंकले ४ जना अग्निपीडित परिवारहरुलाई राहत वितरण गरेको हो ।

उनीहरुलाई २ बोरा लत्ताकपडा, खाना पकाउने स्टिलको कसौडी, कराइ, थाल, गिलास, कचौरा, डाडु पन्यु लगायत भाडाकुडा ३ सेट, प्लास्टिकको बाल्टिन, जग, बाटा ३ सेट तथा खाद्यान्न लगायतका सामग्री उपलब्ध गराइएको हो ।
पीडितको घरमै पुगेर वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, उपाध्यक्ष प्रकाश थारु, सचिव कन्हैया पटेल र सदस्य अभिलाष गुप्ताले उक्त सामग्रीहरु वितरण गरेका हुन् ।

सो अवसरमा फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारी, वडा–४ का वडाअध्यक्ष वकिल यादव, वडा १ का पुर्व वडाअध्यक्ष जयप्रकाश दास, वडा सदस्य होदा यादव, स्थानिय बिक्रम पटेल लगायतको उपस्थिती रहेको थियो ।
बैशाख २० गते बिहिबार दिउँसो चिलझपटी टोलमा भिषण आगलागी भयो । आगलागीका कारण स्थानीय मेवालाल ठाकुर, सुदर्शन ठाकुर, विद्यादेवी ठाकुर र श्रीलाल कुर्मीको घर, लत्ताकपडा, गरगहना, खाद्यन्न, नगद लगायतका सामानहरु जलेर नष्ट नष्ट भएको थियो ।

आगलागीका कारण झण्डै २५ लाख बराबरको क्षती भएको पीडितहरुको गुनासो छ ।


सम्बन्धित समाचार