Logo

२२ वैशाख,वीरगञ्ज । यहि ज्येष्ठ २६ गते नेपाल पत्रकार महासङ्घको चुनाव हुने भएको छ । महासङ्घको २७ औँ महाधिवेशनले यहि जेठ २६ गतेका लागि मिति तोकेको हो ।

बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले जेठ १९ गतेका लागि मिति प्रस्ताव गरेको थियो । तर महाधिवेशनको बन्द सत्रमा छलफलका लागि प्रतिनिधिहरूले एक साता पर धकेल्न माग गरेपछि महासङ्घले २६ जेठमा केन्द्र, प्रदेश र जिल्ला तथा प्रतिष्ठान शाखाहरूको एकसाथ निर्वाचन गर्ने निर्णय भएको हो ।

नेपाली पत्रकारहरूको छाता संस्था महासङ्घमा हरेक तीन वर्षमा नेतृत्व परिवर्तन हुने गर्दछ । प्रत्यक्ष निर्वाचनको व्यवस्था भएका कारण महासङ्घको नेतृत्वका लागि हरेक साधारण सदस्यले मताधिकार पाउँछन् । यद्यपी निर्वाचनको मिति तोके पनि महासङ्घले साधारण सदस्यको टुङ्गो भने लगाइसकेको छैन ।

महासचिव रोशन पुरीले एक साताभित्र साधारण सदस्यको टुङ्गो लगाइसक्ने भन्दै मिति प्रस्ताव गरेका थिए ।


सम्बन्धित समाचार