Logo

२२ वैशाख,वीरगञ्ज । बाराको कोल्हवीमा लागूऔषध विरुद्ध दुव्र्यसन चुनौती र न्यूनीकरण विषयक अन्तरकृया कार्यक्रमको आयोजना गरिएको छ । मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयले आयोजना गरेको कार्यक्रममा गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले आज उद्घाटन गरेका हुन् ।

कार्यक्रममा मधेस प्रदेशमा लागूऔषध प्रयोग र ओसार पसारको अवस्था, नियन्त्रणमा गरिएका प्रयास र उपलब्धि तथा आगामी दिनमा गर्ने कार्ययोजनाहरुको बारेमा जानकारी गराईएको छ । साथै लागू औषध प्रयोग गर्दा हुने हानी र कानूनी सजायको विषयमा पनि जानकारी गराईएको छ ।

कार्यक्रममा विद्यालय र क्याम्पसका विद्यार्थीहरुलाई लागूऔषध दुव्र्यसनबाट हुने हानी नोक्सानीहरु बारेमा सचेत गराईएको छ ।कार्यक्रममा मधेस प्रदेश गृह, सञ्चार तथा कानून मन्त्रालयका उच्च अधिकृतहरु, प्रदेशसभा सांसदहरु, बाराका विभिन्न पालिकाका प्रमुख, प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि,

विद्यार्थी र स्थानीयवासीको पनि उपस्थिति रहेको गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीको सचिवालयले जनाएको छ ।


सम्बन्धित समाचार