Logo

२५ वैशाख,पर्सागढी । पर्साको पर्सागढी नगरपालिका अन्तर्गतका शक्तिपिठ तथा ऐतिहासिक धार्मिक स्थलहरु ओझोलमा परेका छन् । संरक्षण तथा प्रचारप्रसारको अभाव ती शक्तिपीठ तथा धार्मिक स्थलहरु ओझेलमा परेका हुन् ।

पर्सागढी मन्दिर, आमोदेवी मन्दिर, कोइलाभार मन्दिर र खसियाहीमाई मन्दिर लगायतका धार्मिक स्थलको संरक्षण तथा प्रचारप्रसारमा स्थानिय, प्रदेश र केन्द्र सरकारको ध्यान नपुग्दा ओझेलमा परेका हुन् । पर्सागढि नगरपालिका वडा नं. ६ मा रहेको पर्सागढि युद्ध स्थल देशकै ऐतिहासिक विजयगढीमध्यको एक हो ।

पर्सागढिलाइ मुख्य युद्ध स्थलको रुपमा प्रयोग गरि बिक्रम सम्वत् १८७१ मा तत्कालीन भारतको ब्रिटिस सरकारलाइ नेपाली सेना तथा स्थानीय रन्जित चौधरीको नेतृत्वमा तत्कालीन स्थानियबासीहरुले परास्त गरी कायम गरेका थिए । ऐतिहासिक स्थलको रुपमा रहे पनि तीनै तहका सरकारले यसको बिकास निर्माण तथा संरक्षणबारे हेलचक्राई गर्दा यी संरचनाहरु ओझेलमा परेका स्थानीयबासीन्दाले बताएका छन् ।

ऐतिहासिक युद्ध स्थल पर्सागढीकै नामबाट पर्सागढि नगरपालिका नामांकरण गरिएतापनि पर्सागढि युद्ध स्थलको नाममा रहेको १० बिघा भन्दा बढि जग्गा संरक्षण गर्न नसक्दा स्थानीयबासीहरुले आफूले भोगचलन गर्दै छन् । यस्तै सडक समस्याका कारण आवातजावतमा समेत समस्या भएको उनीहरुको गुनासो छ । यसैगरी पर्सागढी नगरपालिका वडा नं. १ मा रहेको कोईलाभारमाई मन्दिर राष्ट्रिय वनको सिमासार क्षेत्र र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ । तर पनि यसलाई आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा बिकास गर्न सकिएको छैन ।

कोइलाभार मन्दिरको वरपर बेत घारी छ, जसको जराबाट निस्किएको पानीले सयौँ किसानले सिचाँर्य गर्ने गर्दछन् । कोईलाभारमाई हरियाली रमणीय स्थल रहेकोमा यसको बिकासको लागि सबै जुट्नुपर्ने पर्सागढि नगरपालिका वडा नं. १ निवासी ज्ञान बहादुर बास्तोलाले बताए ।

यस्तै पर्सागढि नगरपालिका वडा नं. ३ स्थितको आमोदेवी मन्दिर समेत राष्ट्रिय वन क्षेत्रभित्र छ, तर यसको पनि बिकास हुन नसक्दा ओझेलमा परेको छ । मन्दिर प्राङगणभित्र बिकास निर्माणको लागि पर्सागढि नगरपालिका र प्रदेश सरकारले ६० लाख भन्दाबढि रकम खर्च गरिको भएपनि बिकास निर्माणको काम शून्य बराबर छ र लाखौँ रकम हिनामिना हुँदा समेत नियमनकारी निकाय मौन देखिएको छ ।

पर्सागढी नगरपालिकाका तिनवटै धार्मिक स्थलहरुको बिकास निर्माणमा स्थानिय, प्रदेश र केन्द्र सरकारले ध्यान दिने हो भने आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने र पर्सागढीलाइ पर्यटन हब बनाउन सकिनेमा सरोकारवालाहरुले जोड दिएका छन् । यस्तै यसले अर्थतन्त्र सवलीकरणमा समेत टेवा पु¥याउने विश्वास लिइएको छ ।


सम्बन्धित समाचार