Logo

२५ वैशाख,वीरगञ्ज । पर्सा प्रहरीले ४५० लिटर घरेलु मदिरा नष्ट पारेको छ । वीरगञ्ज महानगरपालिका वडा नं.२१ हनुमान मन्दिरको सडकखण्डबाट प्रहरीले घरेलु मदिरा बरामद गरेको थियो ।

हेटौँडाबाट वीरगञ्जतर्फ आउदै सार्वजनिक सवारी साधनहरूमा घरेलु मदिरा लोड गरी ल्याउदैँ गरेको सूचना प्रहरीलाई आएको थियो । सोही सूचनाको आधारमा प्रहरी चौकी परवानीपुरबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा घरेलु मदिरा बरामद गरेको हो ।

बरामद मदिरा जिल्ला प्रहरी कार्यालय पर्साको खाली जग्गामा नष्ट गरेको प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जनाए ।


सम्बन्धित समाचार