Logo

२५ वैशाख,वीरगञ्ज । लामो समयपछि पर्साको वीरगञ्जसहित ठाउँठाउमा पानी परेको छ । लामो समयको खडेरीले आत्तिएका सर्वसाधारणहरुले पानी परेपछि राहत महसुस गरेका छन् ।

वीरगञ्जमा आज दिउँसोदेखि हावाहुरी चलेर भारी वर्षा भएको छ । भने दिउँसै अन्धकारमय वातावरण छ । हावाहुरीसहित आएको चट्याङबिच लामो अन्तरालबिचको वर्षाले शितल बनाएको नगरवासीले बताएका छन् ।

बिहानैदेखि तापक्रम घटेर शितल महसुस भएकोमा दिउँसो हावाहुरीसहित परेको वर्षाले प्रचण्ड गर्मी र तातो हावा चलेर प्रभावित यहाँका नागरिकहरुको जनजिवन केहि सहज भएको छ । यद्यपी हावाहुरी, चट्याङ्सहितको वर्षाले असर गर्न सक्ने भएकाले सतर्कता अपनाउन पनि मौसमविद्ले आग्रह गरेका छन् ।

वीरगञ्जमा बैशाखमै यो वर्ष अधिकतम ४४ डिग्री सेल्सियससम्म मापन भएको थियो । जसका कारण आमसर्वसाधारण लगायत दैनिक ज्याला मजदुरी गर्ने, वृद्धवृद्धा तथा बालबालिकाहरु विशेष प्रभावित बनेका थिए । यस्तै आजको वर्षाले पिउने पानीको समस्यालाई समेत केहि हदभएपनि टार्ने यहाँका बासिन्दाको विश्वास छ । गतवर्ष लामो समय पानी नपरेर खडेरी परेपछि पर्सासहित तराई मधेशका जिल्लामा खानेपानीको हाहाकार भएको थियो ।

यसैगरी सिँचाइ, फलफूल तथा तरकारी तथा धुलाम्य सडकहरुमा आजको वर्षाले फाइदा पु¥याएको छ । वीरगञ्जमा यसवर्षकै पहिलो पटक आज वर्षा भएको हो ।


सम्बन्धित समाचार