Logo

२६ वैशाख, काठमाडौं । विधान विपरित पार्टी विभाजन भएको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल अदालत जाने तयारीमा जुटेको छ ।

अदालत जाने औपचारिक निर्णय गर्न आज केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा बस्ने बैठकले पार्टी विभाजनविरुद्ध अदालत जाने औपचारिक निर्णय गर्ने प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

वैठक पछि आज विहान ११ः३० बजे पक्रकार सम्मेलनको पनि आयोजना गरिदै छ । पार्टी कार्यालय बालकुमारी मै पत्रकार सम्मेलनको आयोजना गर्न लागेको पार्टी प्रवक्ता सुमनले बताए ।

अशोक राईको नेतृत्वमा सात जना सांसद अलग भई गठन भएको जनता समाजवादी पार्टी (जसपा) सोमबार निर्वाचन आयोगमा दर्ता भएको थियो । तर संसदको बर्खे अधिवेशन आह्वान भइसकेको, दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको र बहुमत केन्द्रीय सदस्य संस्थापन पक्षमै रहेको जिकीर गर्दै जसपा नेपालले आयोगको निर्णय कानुन विपरीत रहेको तर्क गर्दै आएको छ ।

मंगलबार बसेको शीर्ष नेताहरुको अनौपचारिक बैठकले दल विभाजनविरुद्ध कानुनी उपचार खोज्ने निर्णय समेत गरेको थियो । सो निर्णयलाई आजको केन्द्रीय कार्यकारिणी समितिको बैठकले औपचारिकता दिने छ ।

 


सम्बन्धित समाचार