Logo

२६ वैशाख,वीरगञ्ज । लागुऔषध ब्राउनसुगरसहित पर्साबाट दुइजना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका वडा नं. २५ सिर्सियाबाट उनीहरुलाई प्रहरीले ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगञ्ज–२५ सिर्सिया बस्ने ३५ वर्षीय श्यामु प्रसाद कुर्मी र रौतहटको दुर्गा भगवती नगरपालिका–५ बस्ने ३४ वर्षीय रवीन्द्र साह सोनार रहेका छन् ।

अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ कागजसहित ०.९७ मिलिग्राम र कागजबाहेक ०.१२० मिलिग्रामसहित उनीहरुलाई पक्राउ गरेको वडा प्रहरी कार्यालय विर्ताका इन्स्पेक्टर पुष्कर बोगटीले पुष्टी गरे । भारतबाट साइकलमा नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको इन्स्पेक्टर बोगटीले बताए ।

यसबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


सम्बन्धित समाचार