Logo

२६ बैशाख, वीरगञ्ज । वीरगन्ज महानगरपालिकाका प्रथम मेयर विजय कुमार सरावगीले नेकपा जसपा नेपालमा जाने कुरा हल्ला मात्रै रहेको बताएका छन् । केही सञ्चार माध्यममा सरावगी जसपामा फर्किने समाचारहरु आएको विषयमा प्रतिक्रिया दिदै उनले आफू एमाले छोड्ने तर, अहिले राजनीतिमा सक्रिय हुने कुनै तयारी नरहेको बताएका हुन् ।

जसपा नेपालमा फर्किने अड्कलवाजी गर्नु स्वभाविक भएपनि अहिले आफूले कुनै राजनीतिक दलमा सक्रिय रहने निर्णय भने नगरेको बताए । जसपा नेपालले पनि फर्किएर आओस भन्ने चाहाना राख्नु ठिकै भएपनि आफू अब सक्रिय राजनीतिमा भने नलाग्ने बताए ।

उनले एमालेको साधारण सदस्य समेत नरहने गरी राजिनाम दिने तयारी गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर राजिनामा बुझाउन उनी काठमाडौं गएका छन् ।

ओलीले राजिनामा नबुझे पार्टी कार्यालयमा बुझाउने तयारी सरावगीको छ । २०७३ सालमा तत्कालिन संघीय समाजवादी फोरमबाट सक्रिय राजनीतिक यात्रा शुरु गर्नुभएका सरावगी पहिलो स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

उनी जसपा छोडेर २०७८ साल मंसिरदेखि नेकपा एमालेमा सक्रिय रुपमा लाग्दै आएका थिए । गत स्थानीय निर्वाचनमा विश्वास गरेर नेकपा एमालेको तर्फबाट वीरगञ्ज महानगरपालिकामा प्रमुख पदको उमेदवार बनाएकोमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एमाले प्रति सदैव ऋणी रहने बताउदै अब सिक्रिय राजनीति नगर्ने भन्दै राजिनामा दिने तयारीमा छन् ।

हाल उनलाई पार्टीको केन्द्रीय सल्लाहकार पदमा मनोनित गरिएको र सक्रिय राजनीतिमा लागेपछि पार्टी भित्र हैसियत अनुसारको भूमिका रहने अपेक्षा गरेपनि पार्टीको भूमिकाले राजनीतिमा सक्रिय भन्दापनि निस्क्रिय बनाएर राख्ने खालको अवस्था देखिएकोले राजिनामा दिने मनस्थितिमा पुगेको स्रोतले जनाएको छ ।

उनले एमाले छोडेपछि एकबर्षसम्म कुनैपनि राजनीतिक दलमा आवद्ध नरही स्वतन्त्र रुपमा रहेपनि पूर्व जनप्रतिनिधिको हैसियतले जनता र समाजसँगको सम्बन्ध भने निरन्तर रहीरहने बताएका छन् ।


सम्बन्धित समाचार