२७ वैशाख, रौतहट । रौतहटमा सवारी चेकजाँच लाई कडाई गरिएको छ । लाइसेन्स बिना सवारीसाधन चलाउनेहरुको संख्या वृद्धि भई दुर्घटना बढ्नसक्नेलाई दृष्टीगत गर्दै चेकजाँजमा कडाई गरिएको गौर ट्राफिक प्रहरी कार्यालयले जनाएको हो ।
मंगलबार रौतहटमा सवारी चालक अनुमति पत्र नलिई सवारी चलाएका ई–रिक्सा र टेम्पुहरूमाथि कारबाही गरिएको छ ।
मंगलबार जिल्ला प्रहरी कार्यालय तथा गौर ट्राफिक कार्यालय रौतहटबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलीले चेकजाँचपछि उनीमाथि कारबाही गरेको हो ।
गौर एरियामा चल्ने ई–रिक्सा तथा टेम्पुहरूमध्ये सवारी चालक अनुमति पत्र नलिई सवारी चलाएका २३ वटा ई–रिक्सा, टेम्पुहरू नियन्त्रणमा लिई सवारी तथा यातायात व्यवस्थापन ऐन २०४९ को दफा १६४ अनुसार कारबाही गरिएको प्रहरीको भनाई छ ।
उनीहरूलाई यथाशीघ्र सवारी चालक अनुमति पत्रको आवेदन फारम भर्न लगाई छाडिएको छ ।















