Logo

२७ वैशाख, काठमाडौं । कुनै विपद् बाट क्षति भयो भने चिन्तामा नलिन सरकारले भनेको छ । अबदेखि सबैखाले विपद् बाट क्षति भएका घरको पुनःनिर्माणका लागि सरकारले अनुदान दिने भएको छ ।

यसअघि भूकम्प, आगलागी र मनसुनजन्य विपद् बाट क्षति भएकाको हकमा मात्रै अनुदान दिने व्यवस्था थियो ।

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सबै प्रकारका विपद् बाट हुने आवासको क्षतिमा सरकारले पुनःनिर्माणका लागि अनुदान दिने कार्यविधि पारित गरेको जानकारी दिए ।

ललितपुरमा बुधबार भएको कार्यक्रममा उनले जिल्लाको वर्गीकरणअनुसार सरकारले अनुदान रकम दिने जानकारी गराए ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको वैशाख ३ को बैठकले पारित गरेको कार्यविधि अनुसार जिल्लाको वर्गीकरणबमोजिम लाभग्राहीले चार, पाँच र छ लाख रुपैयाँ तीन किस्तामा अनुदान पाउनेछन् ।

कार्यविधिमा काठ खरिदमा सरकारी मूल्यको ९० प्रतिशत छुट र आवास निर्माण गर्न नसक्ने विपन्न, सङ्कटासन्न र अपाङ्गता भएका परिवारलाई अनुदान रकममा ५० हजार रुपैयाँ थप हुने व्यवस्था पनि छ ।


सम्बन्धित समाचार