Logo

२७ वैशाख,वीरगञ्ज । पर्सासहित देशभरका ५ सय भन्दा बढी प्रहरी निरीक्षकहरुको (इन्स्पेक्टर) को सरुवा भएको छ । पर्साका तीन वटा ग्रामिण भेगका इलाका प्रहरी कार्यालयका तथा जिल्ला प्रहरीमा कार्यरत ६ जना प्रहरी निरीक्षकहरुको प्रहरी विभागले सरुवा गरेको हो ।

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत बिकास विभागले ५१९ जना प्रहरी निरीक्षकहरु जिम्मेवारी हेरफेर गर्दामा त्यसमा ६ जना पर्साका प्रहरी निरीक्षकहरु पनि परेका छन् । जेठ महिनादेखि तलव, भत्ता हाल सरुवा गरिएको दरबन्दीबाट पाउने गरी काज गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पर्साका कुन प्रहरी निरीक्षकको कहाँ सरुवा ? जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ३ जनासहित कुल ६ जना प्रहरी निरीक्षकहरुको सरुवा भएको छ । जिल्ला प्रहरी कार्यालयको अपराध नियन्त्रण तथा अनुसन्धान शाखाकी मनिषा लौडारीको नेपाल प्रहरी शिक्षालय पाठ्यक्रम बिकास शाखा भरतपुर, चितवन सरुवा भएको छ

। यसैगरि जिल्ला प्रहरी कार्यालय मानव स्रोत व्यवस्थापन शाखाका इन्स्पेक्टर दावा तेन्जी शेर्पाको प्रहरी वृत्त मालिगाँउ, काठमाण्डौँ अपराध नियन्त्रण शाखामा र जिल्ला प्रहरी कार्यालयकै सानुकान्छा रम्तेलको इलाका प्रहरी कार्यालय टोकरपुर, रामेछाप सरुवा गरिएको छ ।

इलाका प्रहरी कार्यालय पोखरीयाका मोहन बिक्रम केसीको नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय विपद् उद्दार कार्यदल १ सामाखुसी काठमाण्डौ सरुवा भएको छ । यस्तै इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका राम राजा केशरीको कागमती प्रदेश प्रहरी कार्यालय आन्तरिक लेखा परिक्षण शाखा हेटौँडा सरुवा गरिएको छ । यसैगरि इलाका प्रहरी कार्यालय ठोरीका सन्तोष राइको इलाका प्रहरी कार्यालय कार्यालय अनारमनी, झापा सरुवा भएको हो ।

पर्सामा को –को आउँदै ? पर्सा प्रहरीको अपराध शाखामा नितु थापा, मानव स्रोत व्यवस्थापन शाखामा बिजय चौहान र जिल्ला प्रहरी कार्यालयमा रोशन थापा आउने भएका छन् । यस्तै इलाका प्रहरी कार्यालय पोखरीयामा राजन ढकाल र पटेर्वासुगौलीमा मोहनजंग बुढाथापा आउने भएका छन् । इलाका प्रहरी कार्यालय ठोरीमा प्रहरी निरीक्षक रन्जित लामाको सरुवा भएको छ ।


सम्बन्धित समाचार