Logo

२७ वैशाख,वीरगञ्ज । बारा प्रहरीले ३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा बारा जिल्ला अदालतबाट दोषी ठहर भएका प्रतिवादीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । फरकफरक प्रहरी इकाइबाट खटिएका टोलीले लुकिछिपी बस्दै गरेको अवस्थामा ३ जना प्रतिवादीलाई पक्राउ गरेको प्रहरी नायब उपरिक्षक डिएसपी दधिराम न्यौपानेले जनाए ।

प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ९ छातापिपरा बस्ने ५२ वर्षकी इन्द्रा देवी, वडा नं. १० का ४५ वर्षीय बन्तीलाल साह र कलैया उपमहानगरपालिका–२ निवासी ३९ वर्षका राजेश महतोलाई नियन्त्रणमा लिएको हो ।
उनीहरुमाथि लेनदेन बिगो, वन कसूर र चोरी सम्बन्धि मुद्दामा कैद तथा जरिवाना सजाय छ । पक्राउ परेकाहरुलाई जिल्ला अदालत बारामा उपस्थित गराइएको प्रहरी बताउँछ ।


सम्बन्धित समाचार