Logo

२७ वैशाख,वीरगञ्ज । वीरगंज महानगरपालिकाको बजार अनुगमन समितिद्वारा वीरगंज महानगरमा रहेका होटलहरुको अनुगमन गरेको छ । महानगरका उपमेयर इम्तियाज आलमको संयोजकत्वमा रहेको बजार अनुगमन समितिले बिहीबार होटलहरुको अनुगमन गरेको हो ।

एक दुईदिन यता केफसीले उपलब्ध गराएको (खाना) डिसको फोटो सहित विभिन्न समाजिक सन्जालहरुमा जनगुनासो आएपछि अनुगमन समितिले वीरगन्जमा रहेको केएफसी होटलको वीरगन्ज शाखामा अनुगमन गरेको छ । अनुगमनटोलीले अनुगमनका क्रममा केएफसीको किचेन र आउटलेटमा दुबै ठाउँमा अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा केही कैफियत नभेटिएको वीरगंज माहानगरका बरिष्ठ खाद्य अनुसन्धान अधिकृत बिपिन कुमार दासले जनाए ।

अनुगमन टोलीले आज गण्डकको क्लार्क रिसोर्टको पनि अनुगमन गरेको छ । क्लार्क रिसोर्टमा अनुगमन गर्दा किचेन फोहोर देखिएको, किचेनमा प्रतिबन्धित हाइड्रो पाइएको र म्याद सकिएका मसलाहरु समेत पाइएपछि क्लार्क रिसोर्टलाई सचेत गराइएको अनुगमन टोलीका सदस्य कन्हैया ठाकुरले बताए ।

ाम्रो सरसफाई गरि किचेनलाई ब्यबस्थित राखेर ग्राहकहरुलाई स्वस्थ परिकार र सेवा दिएका होटल व्यावसायीहरुलाई प्रोत्साहन समेत गरिएको अनुगमन टोलीका सदस्य होटल तथा पर्यटन ब्यबसायी संघका अध्यक्ष हरि पन्तले बताए ।

अनुगमन टोलीमा खाद्य अधिकृत सुरेश कुमार सिंह, होटल तथा पर्यटन ब्यबसायी संघका अध्यक्ष हरि पन्त, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, उद्योग बाणिज्य संघका प्रतिनिधि, प्रहरी, सशस्त्र प्रहरी लगायतका सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार