Logo

२८ वैशाख, वीरगञ्ज । आगामी आइतबारसम्मै पानी पर्ने सम्भावना रहेको मौसमविदले पूर्वानुमान गरेका छन् । शनिबार  भोलि र पर्सि आईतबार भने धेरै ठाउँमा पानी पर्ने प्रक्षेपण गरिएको छ ।

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र भारत बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव छ । बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल आइरहेको छ ।

यी सबैको संयुक्त प्रभावले बादल लाग्ने र पानी पर्ने भएको हो । आज पनि बादल लाग्छ, तर वर्षाको सम्भावना कम छ ।

जुन महिना नजिकिएकोले अब यस्तो हुनु सामान्य रहको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार गत चौबिस घण्टामा चट्याङ लागेर ४ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।


सम्बन्धित समाचार