Logo

फइल फोटा

२८ वैशाख,वीरगञ्ज । बाराको जितपुरसिमरा उपमहानगरपालिकाका एकजना वडाध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । उपमहानगरपालिकाको वडा नम्बर ३ का वडाध्यक्ष तारा बहादुर कार्की भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका हुन् ।

बैशाख २७ गते बिहिबार विशेष अदालतले वडाध्यक्ष कार्कीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको जनाइएको छ । २०८० साल माघ १० गते सेवाग्राहीसँग घुस लिएको आरोपमा विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको थियो ।

विशेष अदालतले दोषी ठहर गर्दा वडाअध्यक्ष कार्की निर्णय बदरको माग राख्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिवादी बनाई पुनरावेदनको लागि फागुन ३ गते विशेष अदालतमा मुद्दा दर्ता गराएका थिए ।
इजलास नम्बर १ का अध्यक्ष न्यायाधीश टेक नारायण कुँवर र सदस्य न्यायाधीश तेज नारायण सिंह राईको फैसलाले पहिलाको निर्णयलाई नै सदर गरेको थियो ।

के थियो घटना ?

२०८० साल पुस २ गते अख्तियार दुरुपयोग अनुसन्धानको हेटौँडास्थितको टोलीले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष तारा बहादुर कार्कीलाई पाँच लाख घुस रकम सहित पक्राउ गरेको थियो । नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित कार्कीलाई जितपुर स्थित जयसवाल होटलबाट घुस रकम सहित पक्राउ गरिएको आयोगले जनाएको छ ।

वडाध्यक्ष कार्कीले पल्टीङ्ग जग्गाको बाटो सिफारिसका लागि सेवाग्राहीसँग घुस रकम लिई रहेको अवस्थामा आयोगको टोलीले ५ लाख नगद रकम सहित पक्राउ गरेको थियो ।
कार्की नेकपा एमालेका मधेस प्रदेश कमिटी सदस्य हुन् ।


सम्बन्धित समाचार