Logo

२८ वैशाख,वीरगञ्ज । मधेस प्रदेशमा स्थानीय तहलाई दिने स–शर्त अनुदान वितरणमा विभेद भएको भन्दै नेकपा माओवादी केन्द्र मधेस प्रदेश संसदीय दलले ध्यानाकर्षण भएको जनाएको छ ।

मधेस प्रदेश सरकारले आर्थिक बर्ष ०८०/०८१ को स्थानीय तहलाई दिने सशर्त अनुदानको वितरण आन्तरिक मिलेमतोमा कुनै स्थानीय तहलाई धेरै र कुनै स्थानीय तलाई न्यूनतम भन्दापनि कम दिने प्रचलनले विवाद भएको भन्दै यसलाई सच्याउन ध्यानाकर्षण गरेको हो ।

नेकपा माओवादी केन्द्र मधेस प्रदेश संसदीय दलका नेता भरत प्रसाद साहले ध्यानाकर्षण पत्र लेख्दै मधेस प्रदेश सरकार अर्थमन्त्रालयले सरकारको सत्ता साझेदार दलहरु तथा प्रतिपक्षी दलहरुसँगको सहकार्य तथा छलफल गरेर मात्रै वितरण गर्न ध्यानाकर्षण गराए ।


सम्बन्धित समाचार