Logo

२८ वैशाख,वीरगञ्ज । व्यापार व्यावसाय प्रवद्र्धनको काम गर्दै आएको नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रालि र होटल इच्छाबीच पूँजी वृद्धि र लगानीकता जुटाउने समन्बधमा सम्झौता भएको छ ।

दुवैपक्षबीच नेक्सजेनको कर्पोरेट कार्यालयमा बैशाख २६ गते सम्झौता भएको नेक्सजेनका अध्यक्ष रमेश कुमार भट्टराईले जानकारी दिनुभयो । सम्झौता अनुसार होटल इच्छाको पूँजी वृद्धि गर्ने र त्यस अनुसार संस्थापक लगानीकर्ता जुटाउनमा नेक्सजेन म्यानेजमेण्ट सोलुसनले सहयोग र परामर्श दिनेछ ।

सम्झौतापत्रमा नेक्सजेनको तर्फबाट रमेश कुमार भट्टराई र इच्छा होटलको तर्फबाट संचालक इच्छा बहादुर वाग्लेले हस्ताक्षर गर्नुभएको छ । २०७३ सालदेखि संचालनमा आएको होटल इच्छाले पाँच तारे स्तरको संचालन अनुमति पाएपछि अन्तराष्ट्रियस्तरको बनाउन आवश्यक थप सुविधाहरु उपलब्ध गराउन पूँजी वृद्धि गर्न आवश्यक रहेको र पूँजी वृद्धिपछि लगानीको स्रोत पर्याप्त हुने र आवश्यकता अनुसार स्तरवृद्धि गर्न सहज हुने विश्वास छ ।

भविष्यमा होटलको पहिचान र दायरा व्यापक बनाउन साधारण शेयर पनि जारी गर्ने योजना रहेको जनाएको छ । पूर्व बैंकहरु समेतको लगानीमा संचालित नेक्सजेन म्यानेजमेन्टले छोटो समयमा कोरियाली अन्तराष्ट्रिय लगानी भित्र्याउन सफल भएको छ । स्वदेशी लगानीकर्ताहरुलाई पनि प्रोत्साहन गर्न नेक्सजेनले सम्भाव्ययताको अध्ययन तथा परामर्श सेवा दिदै आएको छ ।

 


सम्बन्धित समाचार