Logo

२८ वैशाख,काठमाडौं। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले माओवादीले नै आफ्नो पार्टी फुटाएको आरोप लगाएका छन् । रफत सञ्चार क्लबले शुक्रवार भक्तपुरमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै यादवले यस्तो आरोप लगाएका हुन् ।

उपप्रधान एवम् स्वास्थ्यमन्त्री समेत रहेका यादवले अब फुटको सिकार माओवादी नै हुने जनाएका छन् । पार्टी फुटाउने नेताहरूलाई मागे जति दिएर पनि सन्तुष्ट बनाउन नसकेको टिप्पणी गर्दै उनले उनीहरूको गन्तव्य माओवादी र एमाले नै भएको उल्लेख गरे ।

पार्टी फुटाएको विषयलाई लिएर सर्वोच्चमा न्यायका लागि जाने उनको भनाइ छ ।नयाँ पार्टीको नाम, झन्डा, लोगो एउटै भएको अवस्थामा अघिल्लो दिन साँझ आवेदन लिएर भोली पल्ट पार्टी दर्ता गरेको निर्वाचन आयोगलाई सोध्दा दबाबमा परेको भन्दै सर्वोच्च जान आयोगले नै सुझाव दिएको उनले बताए ।

उनले पार्टी फुटले सरकारलाई कुनै असर नगर्ने पनि बताए ।

 


सम्बन्धित समाचार