Logo

२९ वैशाख,वीरगञ्ज । नेपाल रेडक्रस सोसाइटी माइस्थान उपशाखाको आयोजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गिता मन्दिर परिसरमा आयोजित शिविरमा १२ महिलासहित ४१ जनाले जाँच गराएका छन् ।

विश्व रेडक्रस दिवस मे ८ को अवसरमा हरेक वर्ष झै यसवर्ष पनि स्वस्थ्य शिविर आयोजना गरिएको रेडक्रस उपशाखाका सभापति मदनप्रसाद गुप्ताले जनाए । वृद्धवृद्धा, असहाय एवं एकल महिला, बालबालिका लगायतलाई लाभान्वित गराउने उद्देश्यले शिविरको आयोजना गरिएको उनले बताए ।

शिविरमा डा. प्रमोद सरार्फ, डा.राधा भट्टराई, डा. सुमन प्रसाद, डा प्रियंका चौधरी, सुनिल जयसवाल, पवन पटेल, सागर गुप्ता लगायतले चेकजाँच गरेका थिए । यस्तै सुजित गुप्ता, पल्लबी मिश्रा, शेखर गुप्ता, काजल गुप्ता, दिपक सिंहले प्राविधिक सहयोग गरेका थिए ।

कार्यक्रममा रेडक्रस पर्साका उपमन्त्री शाविर अहमद एराज, कोषाध्यक्ष महन्थ प्रसाद यादव, दिनानाथ रौनियार, काशी प्रसाद साह, गणेश प्रसाद साह, सरोजा राणा, कार्यालय सहयोगी मिना क्षेत्री, लक्ष्मिनारायण राउत र राजन श्रीवास्तवको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार