![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/12/kp-oli-2-1536x1024-1-860x573-1.jpeg?fit=860%2C573&ssl=1)
२९ वैशाख,वीरगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली बारा जिल्ला आउने भएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष यहि वैशाख ३१ गते सोमबार बारा आउने भएका हुन् । प्रसौनी गाउँपालिकाको नव निर्मित प्रशासकिय भवनको उद्दघाटन गर्न उनी आउने कार्यतालिका छ ।
भवनको उद्दघाटन मंगलबार बिहान ११ बजे अध्यक्ष ओलीले गर्ने जनाइएको छ ।