Logo

२९ वैशाख,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सार्वजनिक सम्पत्ति कब्जा गरी बनाइएको सटरहरुमा डोजर चलाएको छ । गीता मन्दिरको प्राङगणमा अनाधिकृत रुपले कब्जा गरी बनाइएका सटरहरुमा डोजर चलाएको हो ।  सार्वजनिक मठमन्दिर, पार्क लगायतलाई अतिक्रमणमुक्त बनाउँदै सौन्दर्यीकरणमा जुटेको महानगरपालिकाले करिब डेढ दशकदेखि अतिक्रमणमा परेका ८ वटा भन्दाबढी व्यापारिक सटरहरुमा डोजर चलाएर भत्काएको हो ।

गीता मन्दिरको मूल प्रवेशद्वारको दाँया–बाँया र पश्चिमतर्फका सटरहरु तिन वटा डोजर लगाएर भत्काएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ । मन्दिरको जग्गामा अनाधिकृत रुपमा बनाइएका सटरहरु भत्काएर थप सौन्दर्यकरणको कार्य गर्ने तयारी मेयर सिंहको छ ।

यसअघि नगरप्रमुख राजेशमान सिंहले अनाधिकृत रुपले कब्जा गरी खेलिएका सटरहरु खाली गर्न मन्दिर सञ्चालक समितिका अध्यक्ष मदन गुप्तालाई निर्देशन दिएका थिए । मेयर सिंहकै निर्देशनमा आज ती सटरहरुमा डोजर चलाएको मेयरको सचिवालयले जनाएको छ ।


सम्बन्धित समाचार